काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल एसबीआइ बैंकद्वारा जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन जडान

6.53K
shares

नेपाल एसबीआइ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवर्द्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले जानकी मन्दिरमा क्यूआर कोड र POS (पीओएस) मेसिनसमेत हस्तान्तरण तथा जडान गरेको छ । यसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौं स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, क्यूआर कोड, पीओएस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरे ।