ओमिक्रोनको फैलावट : १० दिनमै ३५ देश पुग्यो, नेपाल उच्च जोखिममा
वि.सं.२०७८ मंसिर १८ शनिवार १५:४६
shares

पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको १० दिनपछि भारतको कर्नाटकमा पनि बिहिबार दुईजनामा संक्रमण पुष्टि भयो । भारतमा संक्रमण देखिनु भनेको नेपालमा खतराको घण्टी बज्नु हो ।
हालसम्म नेपालमा यस्तो कुनै संक्रमण फेला परेको त छैन । तर ओमिक्रोनको तीव्र फैलावटले नेपाल पनि उच्च जोखिममा रहेको देखाउँछ । २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित पुष्टि भएपछि ३ डिसेम्बरसम्म ३५ वटा देशमा फैलिसकेको छ । १० दिनकाे अवधिमा संसारभरी यसका करिब चारसय संक्रमित भेटिएका छन् ।
विज्ञका अनुसार कोरोना महामारी रोक्नका लागि हालका भ्याक्सिन प्रभावकारी छन् । तर ओमिक्रोन स्पाइक प्रोटिनमा असाध्यै धेरै म्युटेशन भइरहेको छ, यस्तोमा केही वैज्ञानिकले हालका भ्याक्सिन सायद नयाँ भेरियन्टमा प्रभावकारी नहोला भन्नेमा शंका पनि व्यक्त गरेका छन् ।
























