काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एभरेष्ट बैंकका ग्राहकले आइएसओएनमार्फत विदेशमा उपचार गर्दा  छुट पाउने

7.5K
shares

एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओन हेल्थकेयरसँग सम्झौता भएको छ । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् । अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् । उनले आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको बताए ।

बैंकको हालसम्म करिब १२ लाख ग्राहक रहेको र १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको बैंकले जनाएको छ ।