काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन सकेन : अर्थमन्त्री

6.79K
shares

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई शुक्रबार निर्देशन दिँदै उनले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिए ।

मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहतस्वरुप दिने १० हजार कार्यविधिअनुसार वितरण गर्नुपर्ने भन्दै सरकारले सबै प्रदेशमा एक हजार शय्याको सरकारी अस्पताल बनाउने योजना लिएको जानकारी दिए । विकास निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने धारणा राख्दै अर्थमन्त्री शर्माले भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले नपुगेको ठाउँमा बजेटको माग हुने र हुने ठाउँमा खर्च हुन नसक्ने कारणले समस्या देखिएको उल्लेख गर्दै तत्काल सवारी साधन खरिद गर्न नसकिने बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट भएको जनधनको क्षति बारेमा जानकारी दिए । उनले विपद्का कारण दुई जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको जानकारी दिँदै मृतक परिवारलाई राहत दिइसकेको र बेपत्ता परिवारलाई राहत दिने तयारी भइरहेको स्पष्ट पारे । प्रजिअ दाहालले जिल्लामा विकासका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताउँदै विकासमा संघ, प्रदेश र स्थानीय तहमा समन्वयको अभाव रहेको जनाए । उनले सडक र अन्य पूर्वाधारको काम ठेक्का लागेर पनि काम नभएकोमा जनताको व्यापक गुनसो रहेको जनाउँदै विराटनगर विमानस्थलको स्तरोन्नति गर्न यस वर्ष बजेट विनियोजन नभएको जानकारी गराए ।