global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानन्यायाधीश राणासँग इजलासमा नबस्न न्यायाधीशहरू तयार

प्रधानन्यायाधीश राणासँग इजलासमा नबस्न न्यायाधीशहरू तयार

प्रधानन्यायाधीश राणासँग इजलासमा नबस्न न्यायाधीशहरू तयार

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासँग इजलासमा नबस्न सर्वाेच्च अदालतका न्यायाधीशहरु एकमत भएका छन् । गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि पनि प्रधानन्यायाधीश राणा संलग्न इजलासमा सामेल नहुनेमा सर्वोच्चका न्यायाधीशहरू तयार भएका हुन् ।

बुधबार प्रधानन्यायाधीश राणाबाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर सुनुवाइ गर्न असम्भव हुनेमा सबै न्यायाधीश एकमत भएका हुन् । ‘आफैंले त्यति गम्भिर आरोप लगाएका व्यक्तिसँग इजलासमा बसेर न्यायसम्पादन गर्न सकिंदैन’, सर्वाेच्चका एक न्यायाधीशले भने ।

उनले विहीबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन सीमित पदाधिकारीहरुसँग १८ जनाले छलफल गर्ने र गोलाप्रथावारे छलफल गर्ने तयारी गरेको जानकारी दिए । कानून व्यवसायीहरुसँगको छलफलपछि न्यायाधीशहरुले विहीबारका लागि नै पूर्ण बैठक तय गरेका छन् । 

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु