गृहपृष्ठ मौसमको प्रतिकुलताले बिहानी उडान प्रभावित
मौसमको प्रतिकुलताले बिहानी उडान प्रभावित
मौसमको प्रतिकुलताले अधिकांश आन्तरिक उडान प्रभावित बनेका छन् । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा उडान प्रभावित भएपछि आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ ।
हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा काठमाडौंबाट विराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायतका क्षेत्रमा हुने बिहानी निर्धारित उडानमा ढिलाई भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने जारी रहेको छन् ।
केही दिनयता हावाको गति कमजोर भएकाले काठमाडौंसहित देशका धेरै भागको वायुमण्डलमा प्रदूषणको मात्रा बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले हावाको वेग रोकिँदा वायुमण्डलमा प्रदूषण थिग्रिएर बसेको बताए । ‘यो हट्न कि पश्चिमी वायुको गति बढ्नुपर्छ कि वर्षा हुनुपर्छ,’ उनले भने, ‘पश्चिमतिरबाट कमजोर प्रणाली भित्रिँदै छ । त्यसले हल्का वर्षा गरायो र हावाको गति बढायो भने तैरिएर बसेको प्रदूषण हट्छ र आकाश सफा हुन सक्छ ।’
प्रकाशित समय : १४:५१ बजे



















