गृहपृष्ठ स्पेनमा हुने अन्तर व्यवस्थापिका संघको सभामा सभामुखलाई निषेध गर्न आयोजकलाई पत्र
स्पेनमा हुने अन्तर व्यवस्थापिका संघको सभामा सभामुखलाई निषेध गर्न आयोजकलाई पत्र
सभामुख अग्निप्रसाद सापकोटालाई स्पेनको मड्रिडमा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू)को सभामा निषेध गर्न आयोजकलाई आग्रह गरिएको छ ।
नेपालका सभामुख अग्निप्रसाद सापकोटालाई नोभेम्बर २६ देखि ३० (मंसिर १० देखि १४) सम्म आईपीयूको १४३औं सभाका लागि निमन्त्रणा छ । तर जवाफदेही निगरानी समूहसहितका संस्थाले सापकोटालाई दिएको निमन्त्रण फिर्ता लिन आयोजकसँग माग गरेका हुन् ।
सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ । सशस्त्र द्वन्द्वको समयमा भएको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारलाई सापकोटालाई सभामा निषेध गर्दै देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको हो ।
जवाफदेही निगरानी समितिका संयोजक चरण प्रसाईले अन्तर व्यवस्थापिका संघका अध्यक्ष, स्पेनका विदेशमन्त्री र नेपालसमेत हेर्ने दिल्लीस्थित स्पेनको दूतावासलाई पनि पत्र लेखेका हुन् ।
हेर्नुहाेस् पत्र
प्रकाशित समय : १३:१८ बजे


















