global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर व्यवस्थापिका संघको सभामा सहभागी हुन सभामुख सापकोटा स्पेन उडे

अन्तर व्यवस्थापिका संघको सभामा सहभागी हुन सभामुख सापकोटा स्पेन उडे

अन्तर व्यवस्थापिका संघको सभामा सहभागी हुन सभामुख सापकोटा स्पेन उडे

सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को  १४३औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन उडेका हुन् ।

नेपाली टोली बुधबार राति ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन उडेको हो । सभामुखसँग प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन् । त्यसैगिर संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप लागेको भन्दै जवाफदेही निगरानी समूहले सापकोटालाई सभामा निषेध गर्दै देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न स्पेन सरकारलाई आग्रह गरेर पत्र लेखेको छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु