global ime bank Long Banner Ad

गृहपृष्ठ मनकामना केवुलकारको २३औं वर्ष पूरा

मनकामना केवुलकारको २३औं वर्ष पूरा

मनकामना केवुलकारको २३औं वर्ष पूरा

चितवन को-ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो र सफल मनकामना केवुलकारको सञ्चालन बिहीबार २३ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । ८ मंसिर २०५५ सालबाट नियमित सञ्चालनमा आएको केवुलकारले सञ्चालनदेखि हालसम्म करिब एक करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको छ ।

सञ्चालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य भएको निर्देशक राजेशबाबु श्रेष्ठले बताए । यस सेवापश्चात् सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्व सामुसमेत मनकामनाको ख्याति प्रचारप्रसार भएको छ ।

विश्व प्रख्यात अष्ट्रियाको Doppelmayr कम्पनीको प्रविधिबाट सञ्चालित यस केवुलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिँदै आएका छौं । सञ्चालन २३ वर्षमा प्रवेश गरिएका साथै प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम् प्रविधिको विकास भइरहेको र मर्मत सम्भार खर्चसमेत अत्यधिक भइरहेको र स्पेयर पार्र्टस् पाउनसमेत केही वर्षभित्र कठिनाई आउन सक्ने परिप्रेक्ष्यमा केवुलकारको प्रविधिको स्तरोन्नति गरिने उनले बताए ।

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु