global ime bank Long Banner Ad

गृहपृष्ठ गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा ५० लाख बराबरको क्षति

गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा ५० लाख बराबरको क्षति

गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा ५० लाख बराबरको क्षति

स्याङ्जाको वालिङ नगरपालिका-८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाख रूपैयाँको क्षति भएको छ । गएराति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिए ।

सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सीसी टीभी र टीभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन् । 'सामान धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ,' सञ्चालक श्रेष्ठले भने, 'आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ ।' राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु