गृहपृष्ठ गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।
बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको थियो ।
बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३÷८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेको छ । सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उनको भनाइ थियो । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भने।
प्रकाशित समय : ०६:३२ बजे



















