गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा दुई हजार ७०० र चाँदी १७० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।
हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ३४० मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुुन दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:४३ बजे



















