global ime bank Long Banner Ad

गृहपृष्ठ अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

चितवन। ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो ।

ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताए ।

गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति परिचालन गरेको छ ।

विसं २०७४ मा नेपाली सेनाका सेनानी (मेजर)लाई आक्रमण गरी मारेपछि ध्रुवेले नौ वर्षपछि यी दुई आमाछोराको ज्यान लिएको हो ।

 

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु