global ime bank Long Banner Ad

गृहपृष्ठ संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा

संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा

संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–३ मा स्थित दाङको पर्यटकीय क्षेत्र ‘साततले’ गुफा संरक्षणको पर्खाइमा रहेको छ ।

राप्ती लोकमार्गदेखि २०० मिटर उत्तर पर्ने उक्त गुफा प्रचारप्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको हो ।
सात तल्लाको गुफा आफैँमा आश्चर्यपूर्ण रहेको छ भने वरपरका झरना, पोखरी र पौडी खेलिरहेका माछाले त्यहाँ पुग्ने जो कोही पर्यटकको मन भने लोभ्याउने गरेको पाइएको छ ।

गुफाभित्र बाजा बज्ने, हात्तीजस्तो सँुड भएको, चीलजस्तो देखिने, गाग्रीकोमुखजस्ता ढुङ्गाका आकृतिले त्यहाँ पुग्ने पर्यटकलाई अचम्मित तुल्याउँछ ।

केही वर्षअघिसम्म त्यस क्षेत्रमा पर्यटक बाक्लै पुग्थे । स्थानीय कलिभान रोक्का भन्छन, “पछिल्लो समय प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या निकै कम भएको छ ।”

कुनै समय दैनिक १०० भन्दा बढी पर्यटक आउने गरेको भए पनि पछिल्लो चरणमा दैनिक १०÷१२ जना मात्रै पर्यटक आउने गरेको पाइएको छ ।

त्यस क्षेत्रका उचित संरक्षण र प्रचारप्रसार गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने प्रशस्तै सम्भावना छ । अहिले मन्दिरको बिकासका लागि स्थानीयले सातवटा मन्दिर निर्माण गरेका छन् ।

उक्त गुफा प्रचारप्रसारका तथा संरक्षणका स्थानीयवासीसँगको छलफल र सल्लाहका आधारमा वडाले निकट भविष्यमै पूर्वाधार विकासलगायतका कार्यक्रम ल्याउने वडाध्यक्ष वीरबहादुर विकले बताए ।
उनका अनुसार, गुफालाई प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिएमा तुलसीपुरलाई नै समृद्ध बनाउन मद्धत पुग्नेछ । गाउँका बयोबृद्धका अनुसार गाउँमा हुने विवाह, भोजभतेरमा त्यही गुफाबाट आवश्यक भाँडाकँुडा लगिने कार्य सम्पन्नपछि त्यहाँ लगेर बुझाइने गरिन्थ्यो भन्ने किम्वदन्तीछ । धार्मिक र पर्यटकीय दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिएको त्यस गुफाको संरक्षणका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउन पर्ने स्थानीयको माग छ ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु