global ime bank Long Banner Ad

गृहपृष्ठ स्पेनमा आगलागी, १२ जनाको मृत्यु

स्पेनमा आगलागी, १२ जनाको मृत्यु

स्पेनमा आगलागी, १२ जनाको मृत्यु

स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ ।

अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आद्र्रता र तीव्र हावाले गर्दा, जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिदा मावविय क्षेति भएको जनाएको छ ।

सरकारले अन्डालुसियाका आगलागी पछि चेतावनी जारी गरी प्रभावित क्षेत्र तथा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी यस क्षेत्रको सडक खण्डहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

केही पीडितहरू आगोले ढाकेका गाडीहरू भित्र फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आगो नियन्त्रण गर्न “इन्फोकाले ग्राउन्ड क्रू,” “फायर फाइटिङ एयरक्राफ्ट” र हेलिकप्टरहरू तैनाथ गरी रातभर आगो निभाउने कार्य जारी रहेको जनाइएको छ ।

अधिकारीहरूले आगलागीको कारण निर्धारण गर्न र पीडितहरूको औपचारिक रूपमा पहिचान गर्न अनुसन्धान सुरु गरिसकको जनाएका छन् भने आपतकालीन सेवाहरू सतर्क अवस्था रहेको तथा किनभने आगलागी नियन्त्रण प्रयास जारी रहेको जनाइएको छ ।रासस

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु