गृहपृष्ठ सामूहिक फोटो खिचाएर सकियो एमालेको अन्तिम स्थायी कमिटी बैठक
सामूहिक फोटो खिचाएर सकियो एमालेको अन्तिम स्थायी कमिटी बैठक
एमालेको १०औं राष्ट्रिय महाधिवेशन सुरु हुन मात्र दुई दिन बाँकी रहँदा मंगलबार स्थायी कमिटी बैठक बसेको थियो । जुन ९औं महाधिवेशनबाट निर्वाचित नेकपा एमाले स्थायी कमिटीको अन्तिम बैठक थियो । तुल्सिलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको अन्तिम बैठकपछि नेताहरु सामूहिक फोटोसुट गर्दै छुट्टिए ।
१० औं महाधिवेशनको संघारमा रहेको एमालेले मंगलबारको स्थायी कमिटी बैठकबाट पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको थियो । बैठकले १०३ जना मनोनयनका लागि सिफारिस गर्न नाम प्रस्ताव गरेको हो ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन पनि मंगलबारको बैठकले गरेको छ । बैठकले उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध्यक्ष मण्डल गठन गरेको छ । त्यस्तै अध्यक्ष मण्डलमा सुवास नेम्वाङ, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकाटा पनि छन् ।
मंगलबारको स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न पार्टीको केन्द्रिय कमिटीको अन्तिम बैठक चितवनमा गर्ने निर्णय गरिएको छ । अब १०औं महाधिवेशनबाट एमालेको नयाँ पदाधिकारीहरु चयन हुनेछन् ।
प्रकाशित समय : १३:३६ बजे

















