गृहपृष्ठ एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो दुईवटा अन्तर्राष्ट्रिय अवार्ड
एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो दुईवटा अन्तर्राष्ट्रिय अवार्ड
एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दुरदराजका सेवाबाट बन्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आइसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको हो ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका थिए । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलायन्स (विट्सा) र एसियन-ओसियनियन कम्प्युटिङ इण्डष्ट्रिज अर्गनाइजेसन (एसोसीओ)मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।
विट्सा ग्लोबल आइसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ-हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधाअन्तर्गत जितेको हो । त्यस्तै गत कात्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वर्ल्ड कंग्रेस अन इन्फर्मेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनी एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।
प्रकाशित समय : १८:०५ बजे



















