global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइबीएल सहभागिता फन्डकाे इकाइ खरिद गर्दा ई-सेवाबाट भुक्तानी गर्न सकिने

एनआइबीएल सहभागिता फन्डकाे इकाइ खरिद गर्दा ई-सेवाबाट भुक्तानी गर्न सकिने

एनआइबीएल सहभागिता फन्डकाे इकाइ खरिद गर्दा ई-सेवाबाट भुक्तानी गर्न सकिने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्णस्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलले सहभागिता फन्डकाे इकाइ खरिद गर्दा ई-सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएकाे छ । लिमिटेडले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर राखी यही मंसिर ६ गतेदेखि ई-सेवाका माध्यमबाट पनि एनआइबीएल सहभागिता फन्ड (खुलामुखी योजाना)का इकाइ खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हाे ।

यसअघि एनआइबीएल सहभागिता फन्डका लगानीकर्तालाई कनेक्ट आइपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई-बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । योजना व्यवस्थापक प्रबन्धक एनआइबीएल एस क्यापिटलले लगानीकर्तालाई बिनाझन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेकोसमेत जनाएको छ ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु