global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङकाे घाेषणा

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङकाे घाेषणा

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङकाे घाेषणा

नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेतासमेत रहेको नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए ।

चुनाव हुने अवस्था आएको खण्डमा आफूले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने उनकाे भनाइ छ । उनले भने, 'सर्वसम्मत भएन भने उम्मेदवारी नै दिनेछु ।' नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको जनाए । गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । सो पदमा ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र नेम्वाङसमेत आकांक्षी देखिएकाले चुनाव हुनसक्ने सम्भावना बढेकाे छ ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु