गृहपृष्ठ अफगानिस्तानलाई मानवीय सहयोग उपलब्ध गराउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
अफगानिस्तानलाई मानवीय सहयोग उपलब्ध गराउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका दाता राष्ट्रहरु तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरेका हुन् ।
पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै त्यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन् । सोमबार मात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरु प्रदान गरेका थिए ।
प्रकाशित समय : १९:०६ बजे



















