global ime bank Long Banner Ad

गृहपृष्ठ मनोरञ्जनका क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जनका क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जनका क्षेत्रमा मानव बेचविखन वृद्धि

नारायणगढ ।यहाँस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

‘सामरी उत्थान सेवा’ ले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक (क्वीर) समुदायका ८५ प्रतिशत मानिस आन्तरिक मानव बेचविखन र यौन शोषणबाट पीडित बन्नुपरेको उल्लेख छ ।

संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि ज्ञवालीले सन् २०२४÷२५ भरतपुर महानगरभित्र तीन वटा स्पा सञ्चालन रहेकोमा सन् २०२५÷२६ मा त्यो सङ्ख्या २१ पुगेको छ, जुन ६०० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

उहाँले होटल, डान्सबार, दोहोरी र स्पाजस्ता मनोरञ्जन क्षेत्रको नियमनका लागि छुट्टै कानुन नहुनु तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अनुगमन अधिकार प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले बेचबिखन र यौन शोषणको जोखिम बढ्दै गएको बताए ।

अध्ययनमा सहभागी ६९ प्रतिशत दलित क्वीरले भोगेका हिंसा र विभेदका घटनालाई सञ्चार माध्यमले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका थिए ।

 

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु