global ime bank Long Banner Ad

गृहपृष्ठ साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर ।ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई अनुरोध गरेका छन ।

तोकिएको हटलाइनमा बिमारीका फोन नं। प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गरने छन ।

चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्नुहुन्छ । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।

महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु