global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल-युरोपेली संघ सम्बन्ध विस्तारमा जोड

नेपाल-युरोपेली संघ सम्बन्ध विस्तारमा जोड

नेपाल-युरोपेली संघ सम्बन्ध विस्तारमा जोड

नेपालले युरोपेली संघ सँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल-संघ संयृुक्त आयोगको तेह्रौं बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा पारस्परिक सम्बन्ध विस्तारमा जोड दिएका हुन् ।

त्यस अवसरमा उनीहरूबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका साथै विकास सहयोग, व्यापार तथा नागरिक उड्डयनलगायत नेपाल-संघ साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युरोपेली संघले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । (रासस)

प्रकाशित समय : २३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु