गृहपृष्ठ आइसीसी टी-२० विश्वकप खेल्ने १६ टोलीकै टुंगाे लाग्यो
आइसीसी टी-२० विश्वकप खेल्ने १६ टोलीकै टुंगाे लाग्यो
अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुंगाे लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुंगाे लागिसकेको छ ।
जसमा एक साताअघि युएईमा सम्पन्न टी–२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित टी–२० को माथिल्लो वरीयतामा रहेको तर विश्वकपमा छनोट नभएका नेपाल, युएई, सिंगापुर र जिम्बाब्बे सिधै ग्लोबल क्वालिफायरमा पुगेका छन् । यस्तै एसिया क्षेत्र छनोटबाट बहरानइन र हङकङ, इस्ट एसिया प्यासिकबाट फिलिपिन्स, युरोपबाट जर्सी र जर्मनी तथा अमेरिका क्षेत्रबाट अमेरिका र क्यानडा छनोट चरण पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।
एसिया क्षेत्रको समूह बी को प्रतियोगिता रद्द हुँदा हङकङ छनोट भएको हो भने इस्ट एसिया प्यासिफिकको छनोट पनि रद्द हुँदा फिलिपिन्स छनोट भयो । ग्लोबल क्वालिफायरमा एसियाबाट सर्वाधिक ६ टिम छन् । यस्तै युरोपबाट चार टिम रहँदा अफ्रिकाबाट दुई, अमेरिकाबाट दुई र इस्ट एसियाबाट दुई टिम छन् ।
टी–२० विश्वकपका लागि अर्को वर्ष फेब्रुअरी र मे महीनामा ग्लोबल क्वालिफायर हुनेछ ।
प्रकाशित समय : १५:१३ बजे




















