गृहपृष्ठ थप २४२ जनामा कोरोना संक्रमण
थप २४२ जनामा कोरोना संक्रमण
देशभर थप २४२ जनामा कोरोना संक्रमण भएको छ । सात हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमित मध्ये सात लाख ९९ हजार ९८९ जना डिस्चार्ज भएका छन् । त्यस्तै शनिबार एक जनाको ज्यान गएको छ । अहिलेसम्म ११ हजार ४९५ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित समय : २३:३३ बजे



















