गृहपृष्ठ अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।
पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुंङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए ।
पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रकाशित समय : २०:३४ बजे



















