global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली उत्पादनका लागि ब्रिटेनमा भन्साररहित पहुँचको सम्भावनाबारे छलफल

नेपाली उत्पादनका लागि ब्रिटेनमा भन्साररहित पहुँचको सम्भावनाबारे छलफल

नेपाली उत्पादनका लागि ब्रिटेनमा भन्साररहित पहुँचको सम्भावनाबारे छलफल

काठमाडौं । ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, ब्रिटिश दूतावास काठमाडौं, बेलायत–नेपाल ‘नेपाल व्यवसायमा–वृद्धि सल्लाहकार’, र नेपाल ब्रिटेन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावनाः बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि अवसरहरू’शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमले सरकारी अधिकारीहरू, व्यापार विशेषज्ञहरू, निर्यातकर्ताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याई बेलायतको विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली व्यवसायहरूका लागि उपलब्ध अवसरहरूको खोजी गरेको थियो ।

छलफलहरू भन्साररहित बजार पहुँच, योग्यता तथा अनुपालनसम्बन्धी आवश्यकताहरू, र नेपाली निर्यातकर्ताहरूलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बलियो बनाई बेलायती बजारमा विस्तार गर्न सहयोग पुर्याउने व्यावहारिक रणनीतिहरूमा केन्द्रित रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि ब्रिटिश राजदूत रब फेनले नेपालसँग व्यापार, लगानी र आर्थिक कूटनीतिमा बेलायतको बढ्दो चासोबारे प्रकाश पारे । उनले लन्डनमा भएका हालैका अन्तरक्रियाहरूले बेलायती र नेपाली व्यापार प्रवद्र्धन संस्थाहरूबीचको साझेदारीलाई सुदृढ बनाएको उल्लेख गरे ।

उनले बेलायती विकासशील मुलुक व्यापार योजनाको व्यापक उपयोगले नेपाली निर्यात बढाउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप गहिरो बनाउने विश्वास पनि व्यक्त गरे ।

ब्रिटिश उच्चायोगमा दक्षिण एसियाका लागि विकासका निम्ति क्षेत्रीय व्यापार सल्लाहकार एली पार्करले विकासशील मुलुक व्यापार योजनाको संरचना र नेपाली निर्यातकर्ताहरूका लागि यसका फाइदाहरूबारे महत्त्वपूर्ण जानकारीसहितको प्रस्तुति दिइन् ।

पार्करले नेपालले यस योजनाको ‘व्यापक प्राथमिकता’ तहबाट निरन्तर लाभ लिइरहेको र यसले ब्रिटिश बजारमा प्रवेश गर्ने करिब ९९ प्रतिशत योग्य वस्तुहरूलाई भन्साररहित पहुँच प्रदान गर्ने उल्लेख गरिन् ।

साथै, सरलीकृत र थप लचिलो ‘उत्पत्तिको नियम’ ले उत्पादकहरूलाई योग्य वस्तुहरूका लागि भारत र भियतनामजस्ता मुलुकहरूसँगको क्षेत्रीय संचयनसहित ९५ मुलुकसम्मबाट कच्चा पदार्थ प्राप्त गर्न अनुमति दिने उनले बताइन् ।

सहभागीहरूलाई गलैँचा, तयारी पोशाक, पस्मिना तथा ऊनी वस्तु, चिया, प्राकृतिक उत्पादन, हस्तकला र गृह सजावटका उदीयमान बजार अवसरहरू, साथै यस योजनाका प्राथमिकताहरू दाबी गर्न आवश्यक व्यावहारिक कदमहरू जसमा वस्तु वर्गीकरण, उत्पत्तिको नियमको अनुपालन, कागजात, बेलायती मापदण्ड र अभिलेख राख्ने कार्य पर्दछन् बारे जानकारी गराइयो ।

कार्यशालाले नेपाली व्यवसायहरूलाई निर्यात बढाउन, उत्पादन विविधीकरण गर्न र नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धात्मकता बलियो बनाउन बेलायतको प्राथमिकतायुक्त बजार पहुँचको अझ बढी उपयोग गर्न प्रोत्साहित गर्यो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरुङले नेपालको निर्यात सम्भावना बढाउने र नेपाल–बेलायत व्यापार सम्बन्ध थप सुदृढ बनाउने विषयमा जोड दिए ।

बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताहरूका लागि उपलब्ध महत्त्वपूर्ण अवसरहरू औंल्याउँदै उनले यस योजनाले नेपाली वस्तुहरूको विस्तृत दायरालाई भन्साररहित र प्राथमिकतायुक्त पहुँच प्रदान गर्ने र नेपाललाई तयारी पोशाक, गलैँचा, पस्मिना, फेल्टका वस्तु र हस्तनिर्मित कागजजस्ता परम्परागत निर्यातभन्दा पर विस्तार गर्न मद्दत गर्ने बताए ।

बेलायती बजारको सम्भावना पूर्ण रूपमा उपयोग गर्न नेपाली व्यवसायहरूले उत्पादन क्षमता बलियो बनाउन, प्राविधिक दक्षता सुधार्न र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रमको समापनमा नेपाल बेलायत वाणिज्य उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य शिव प्रकाश खेमकाले नेपाल र बेलायतबीचको द्विपक्षीय व्यापार तथा लगानी बढाउने व्यापार प्रवद्र्धन, ज्ञान आदानप्रदानका पहलहरू र रणनीतिक साझेदारीमार्फत नेपाली व्यवसायहरूलाई सहयोग गर्ने संघको प्रतिबद्धता दोहो¥याए।

नेपाली तयारी पोसाक, ऊनी सामग्री, गलैँचा, पश्मिना सल तथा हस्तनिर्मित कागजजस्ता उत्पादनहरूले बेलायती बजारमा राम्रो प्रतिष्ठा स्थापित गरेका छन् । त्यहाँ अझै पनि उल्लेखनीय बजार सम्भावना रहेको छ । गत आर्थिक वर्षमा नेपालबाट बेलायततर्फको निर्यात रु तीन अर्ब १७ करोड रहेको थियो भने बेलायतबाट नेपालमा रु छ अर्ब ४१ करोड रहेको थियो ।

नेपाली तयारी पोसाक, ऊनी सामग्री, गलैँचा, पश्मिना सल तथा हस्तनिर्मित कागजजस्ता उत्पादनहरूले बेलायती बजारमा राम्रो प्रतिष्ठा स्थापित गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट बेलायततर्फको निर्यात रु तीन अर्ब १७ करोड रहेको थियो भने बेलायतबाट नेपालमा रु छ अर्ब ४१ करोड बराबरको सामान निर्यात गरिएको थियो ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु