काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

2.77K
shares

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान ६८७औँ हप्तामा पुगेको छ।

यसअन्तर्गत आज काठमाडौं महानगरपालिका वडा नं. ९ र ३१ अन्तर्गत सिनामङ्गलदेखि बानेश्वर क्याम्पसअघिसम्मको वाग्मती नदी किनारमा गरिएको सफाइबाट दुई मेट्रिक टन नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ।

अभियानकर्मी डा। माला खरेलका अनुसार संकलित नकुहिने फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभाग, टेकुको ट्रकमार्फत व्यवस्थापन गरिएको हो। कुहिने फोहर भने नदी किनारमा रोपिएका बिरुवाका लागि मलका रूपमा प्रयोग हुने गरी गाड्ने व्यवस्था गरिएको छ।

सफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानका स्वयंसेवक, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी तथा गैरीगाउँ, बानेश्वर क्याम्पस र सानो फलामे पुल क्षेत्रका स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

सफाइका क्रममा काठमाडौं महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीले उपलब्ध गराएका लप्सी र एभोकाडोका बिरुवा वाग्मती किनारमा रोपिएका छन्। साथै, अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको अवसरमा पनि वाग्मती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

वि।सं। २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक शनिबार बिहान दुई घण्टा नदी किनारमा नियमित सरसफाइ गरिँदै आएको छ। जाडो, गर्मी, वर्षा, भूकम्प र कोरोना महामारीजस्ता प्रतिकूल परिस्थितिमा समेत अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। चाडपर्व परेका शनिबार पनि अभियान नरोकिने अभियानकर्मीहरूले बताएका छन्।