global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारवाहीमा

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारवाहीमा

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको दैनिक ट्राफिक कारवाही विवरणअनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई कारवाही गरिएको हो ।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै ‘अन्य’ शीर्षकअन्तर्गत ३२३ वटा सवारी साधन कारबाहीमा परेका छन् । त्यसपछि तीव्र गतिमा सवारी चलाउने ६६, हर्नको दुरुपयोग गर्ने ३२, मादक पदार्थ सेवन (मा.प.से.) गरेर सवारी चलाउने ३०, रातो बत्ती (रेड लाइट) उल्लंघन गर्ने २६ र सडक तथा फुटपाथमा पार्किङ गर्ने १९ सवारी साधनमाथि कारवाही गरिएको छ ।

त्यस्तै, यान्त्रिक अवस्था ठीक नभएका १२, अवस्था ठीक नभएका ७ तथा वान–वे उल्लंघन गर्ने ६ सवारी साधनलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न, ट्राफिक नियमको पालना गराउन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित रूपमा ट्राफिक अनुगमन तथा कारबाही अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु