global ime bank Long Banner Ad

गृहपृष्ठ खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

संखुवासभाको खाँदबारी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिबोधिनी एकाशीका अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

कार्यपालिका बैठकले हरिबोधिनी एकादशीका अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताए । कार्यपालिकाको निर्णयानुसार सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहनेछन् । चर्चित धाम मनकामना परिसरमा हरिबाधिनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ ।

हरिबोधिनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीयवासी बताउँछन् । (रासस)

प्रकाशित समय : २३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु