गृहपृष्ठ नेप्से झिनो अंकले घट्यो
नेप्से झिनो अंकले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अंकले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बिमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अंकले ओरालो लागेको छ । त्यस्तै होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन बिमा २०.० २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२, लघुवित्त ४.२८ अंकले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको २७ करोड ३९ लाख ९३ हजार ९३ रूपैयाँ बराबरको कारोबार भयो । आइसीएफसी फाइनान्स २४ करोड २८ लाख ७२ हजार ६९० रूपैयाँ, नबिल बैंक १६ करोड ६७ लाख ६५ हजार ३६८ रूपैयाँ, लुम्बिनी विकास बैंक १६ करोड २३ लाख ८६ हजार ८२२ रूपैयाँ र साहस ऊर्जा १३ करोड ४४ लाख २३ हजार ७३२ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेको छ ।
आइतबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख १३ हजार ६८० रूपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा बोटलर्स तराईको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । महालक्ष्मी विकास बैंक ९.८७ र कालिका पावर कम्पनीका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए । त्यस्तै एचआइडीसीएल १०, सासह ऊर्जा ८.७४, नयाँ सारथी लघुवित्त ३.२६, समिट लघुवित्त ३.०५ र मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले २.८९ प्रतिशतले गुमाए ।
प्रकाशित समय : २३:१६ बजे


















