गृहपृष्ठ अटोरिक्सा दुर्घटनामा १ जनाकाे मृत्यु, २ घाइते
अटोरिक्सा दुर्घटनामा १ जनाकाे मृत्यु, २ घाइते
सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेत-जुम्ला सडकखण्डमा बांगे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे. १ ह ८४४ नम्बरको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर-१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । घाइते शाहीको कर्णाली केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
दुर्घटनामा घाइते वीरेन्द्रनगर नगरपालिकाका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही सामान्य उपचारपछि घर फर्किएका छन् । रिक्सा आफैँ अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । वीरेन्द्रनगर-१ सुर्खेतका २४ वर्षीय रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:३३ बजे


















