काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुरमा आइतबार रातिसम्म निषेधाज्ञा

7.64K
shares

सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत भएको भन्दै स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको छ । जनकपुरधाम उप-महानगरपालिका–२० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति ११ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

रुपैठामा छठकै दिनदेखि तनाव सुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ । उनका अनुसार पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

हेर्नुहोस् निषेधाज्ञाको सूचना