काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रिय जनगणना : सभामुखको विवरण संकलन

6.5K
shares

राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गरिएको छ । 

जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा. रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले आज सभामुख निवास लैनचौर पुगेर उनको विवरण संकलन गरेको हो ।

सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वान गरेका थिए । विभागका महानिर्देशकसहितको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण संकलन गरेको थियो ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं जनगणना यही कात्तिक २५ देखि आगामी मंसिर ९ गतेसम्म हुँदैछ । (रासस)