काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड अस्पताल भर्ना

6.58K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

प्रचण्डकी छोरी गंगा दाहालका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढ्न गएको हो ।

‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ उनले फेसबुकमा लेखेकी छन् ।