global ime bank Long Banner Ad

गृहपृष्ठ कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु

कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु

कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए । 

उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताए । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् । जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् । 

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु