काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रहेनन् नेकपा संयुक्तका नेता डा. विजय पौडेल

338
shares

काठमाडौँ । नेकपाका संयुक्तका नेता डा। विजय पौडेलेको निधन भएको छ । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा।किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइँपुर्‍याउँदै गर्दा निधन भएको हो ।

एमालेको राजनीतिमा लामो समय सक्रिय रहेका पौडेल एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि एकीकृत समाजवादीमा आबद्ध भएका थिए ‍ । त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनी जनता टिभीका सञ्चालक समेत हुन् ।

डा। पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए । एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादीबीच एकता प्रक्रिया अघि बढेपछि त्यसप्रति असहमति जनाउँदै उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए ।

उनी पुराना वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन् ।