काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल भाषाको अभियानमा तुलाधरको योगदान अतुलनीय : पोखरेल

5.24K
shares

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाल भाषाको अभियान सञ्चालन गरेर अधिकार प्राप्तीका लागि लागेको बताएका छन् । स्व. तुलाधरको तेस्रो स्मृति दिवसको अवसरमा  आयोजित विचार गोष्ठीमा उनले तुलाधरले सबै भाषालाई मान्यता दिनुपर्ने भनी अभियान सञ्चालन गरेको बताए । उनको सो अभियानलाई पार्टीले पनि साथ दिएको महासचिव पोखरेलले उल्लेख गरे ।

राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर पनि उनले प्रजातन्त्रका लागि लागेका थिए । उनले भने, 'उहाँले सधैँ नागरिकको अधिकारका लागि लड्नुभएको थियो ।' समावेशीता र सहभागिताका क्षेत्रमा अहिलेसम्म धेरै परिवर्तन आइरहेको महासचिव पोखरेलले बताए । प्रा. डा. चुन्दा बज्राचार्यले नेपाल भाषालाई मान्यता दिलाउन तुलाधरको अतुलनीय योगदान रहेको उल्लेख गरिन् ।