काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खैरो हेरोइनसहित नौ पक्राउ

7.74K
shares

काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका-१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका-४ का २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका-१ का २२ वर्षीय विनोदनाथ योगी, काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४का ३२ वर्षीय गौतम केसी रहेका छन् । 

काठमाडौं बुढानीलकण्ठ बस्ने मोरङका २५ वर्षीय मिजम तामाङ, काभ्रेको धुलिखेलका सुशील श्रेष्ठ, भोजपुरका मिडे शेर्पा, काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने बर्दियाका दिपु भन्ने रणदिप थापा र सोही ठाउँका २६ वर्षीय शिरिष खत्री पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।

प्रहरीले थापाबाट १०० मिलिग्राम, शाहीबाट २८ ग्राम, केसीबाट ५०० मिलिग्राम, तामाङबाट ४ ग्राम ५०० मिलीग्राम, शेर्पाबाट २२ ग्राम खैरो हेरोइन, त्यसको मापन गर्ने तराजु र लाखौं रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।