काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रभु बैंक र फोरेक्स स्पोर्ट पीटीवाइबीच सम्झौता

15.73K
shares

प्रभु बैंक लिमिटेड र Forex Sport Pty Ltd, अस्ट्रेलियाबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् अस्ट्रेलियामा बसोवास गरिरहेका नेपालीले अब Forex Sport मार्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपालभरी रहेका प्रभु बैंकका २१४ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६ हजार भन्दा बढी एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नेछन् ।

साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुको खातामासमेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था बैंकले मिलाईएको छ । यस सम्झौताले विशेष गरी विदेशमा रहेका नेपालीहरुले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ सेवा प्राप्त गर्नेछन् भन्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा एटीएमबाट १५,००,००० भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।