global ime bank Long Banner Ad

गृहपृष्ठ ठगी गरेको अभियोगमा एक जना पक्राउ   

ठगी गरेको अभियोगमा एक जना पक्राउ   

ठगी गरेको अभियोगमा एक जना पक्राउ   

विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

शिवमले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्टसमेत तयार भईरहेको भनि झुट्टा कागजात र कुराकानी तयार गरि विभिन्न ब्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको, विभिन्न व्यक्तिहरूको स्वामित्वको जमिनको लालपूर्जासमेत आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने गरेको, विभिन्न बैंक तथा बित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक सेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको, आफूलाई International Committee Of The Red Cross(ICRC) को डाईरेक्टर हुँ भनि नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकता मार्फत बैंक खाता सञ्चालन गरी ठगी मार्फत आएको रकम जम्मालगायत भुक्तानी लिने गरेको भन्ने जस्ता सूचनाको आधारमा महानगरिय अपराध महाशाखा मिन भवनबाट खटिएको प्रहरीले बालुवाटारबाट उनलाई पक्राउ गरेको हो । उनले विभिन्न बर-बहाना अनुसार नै विभिन्न व्यक्तिबाट पटक-पटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुसँगसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साथै उनी २०७२ जेठ २२ गते पक्राउ परी वैदेशिक रोजगारीसम्बन्धी कसूरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ ।उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ । 

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु