काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वावलम्बन लघुवित्तको ११ हजार ७५३ कित्ता संस्थापक सेयर बिक्रीमा

10.39K
shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको ११ हजार ७५३ कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार प्रति शेयर न्यूनतम मूल्य ६७५ रुपैयाँ तोकेको छ ।

संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १ हजार कित्ता र अधिकतम सेसेर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २५ गते देखि मंसिर ०१ गते सम्ममा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् । प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने कम्पनीले जनाइएको छ ।