global ime bank Long Banner Ad

गृहपृष्ठ बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला हुने

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला हुने

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला हुने

बूढानीलकण्ठ मन्दिरमा आगामी शनिबारदेखि एकादशी मेला सुरु हुने भएको छ । बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ ।

आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताए । 'मेला व्यवस्थापनका लागि १०१ सदस्यीय एकादशी मेला सञ्चालन मूल समारोह समिति नै गठन गरिएको छ,' उनले भने । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन गरिने भएको हो । मेलाकै अवसर पारेर कात्तिक २७ गतेदेखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिने बताइएको छ । आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा व्रत गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु