global ime bank Long Banner Ad

गृहपृष्ठ पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू

पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू

पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू

'पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली' आजबाट सुरू भएको छ । पशुपतिनाथ मन्दिरबाट सुरू भएको र्‍यालीको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले शुभारम्भ गरेका थिए । र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकल प्रेमीहरुको सहभागीता थियो ।

भारत र नेपालका जनताबीचको अटुट सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको आयोजकले जनाइएको छ । साथै दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि र्‍ययालीको रहेको छ । कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउनुका साथै मोटरसाइकल र्‍यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिएका थिए । भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथजस्ता प्राचीन मन्दिरले खेलेको भूमिकाबारे बताए । सो र्‍यालीका सहभागीहरुले कार्तिक २७ गते बनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवं स्वच्छताको सन्देश फैलाउन दशाश्वमेधघाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने कार्यक्रम रहेको छ ।

यात्राका क्रममा र्‍याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिकस्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्ने रहेको आयोजले जानकारी दिइएको छ । यात्राका झलकहरु दूतावासको सामाजिक सञ्जालमा हेर्न सकिने पनि आयोजकले जनाइएको छ । स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्‍यालीको आयोजना गरेको हो ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु