global ime bank Long Banner Ad

गृहपृष्ठ १७७ वटा मुद्दाको पेसी राख्दै प्रधानन्यायाधीशले ताेके आज पनि ९ इजलास

१७७ वटा मुद्दाको पेसी राख्दै प्रधानन्यायाधीशले ताेके आज पनि ९ इजलास

१७७ वटा मुद्दाको पेसी राख्दै प्रधानन्यायाधीशले ताेके आज पनि ९ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफूसहितका ९ वटा इजलास तोकेका छन् । उनले १७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन् । उनले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका छन् । आज पेशी राखिएका अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरण बाहेकका छन् ।

तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन् । उनले न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, बमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन् ।

बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गर्ने बताउँदै आएका न्यायाधीशहरुको इजलासमा आज पनि जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचार लगायतका सबै प्रकृतिका मुद्दाको पेसी तोकिएको छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु