काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा नहुने

13.5K
shares

पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा नहुने भएको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भइसकेको भए पनि कोरोना महामारीका कारण प्रतियोगिता फागुनमा नहुने राखेप सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।

आठौंं राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २० गतेदेखि सुरू हुने मिति तोकेको थियो । ‘मिति अवश्य सर्छ । प्रतियोगिता हुनको लागि खेलाडीहरु पूर्ण तयारी हुनुपर्‍यो । कोभिडका कारण खेलाडीहरुले तयारी गर्न पाएका छैनन्,’ सदस्य श्रेष्ठले भने, ‘तयारी विनाको खेल त गर्नु भएन ।’ नवौं राष्ट्रिय खेलकुद, राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकबाट अर्को मिति तय हुने उनले बताए । ‘कोरोना महामारीकै कारण विश्वभर नै खेलकुदका गतिविधिहरु हुन सकिरहको छैन । पछिल्लोसमय केही प्रतियोगिताहरु हुन थालेका छन् । अब नेपालमा पनि बिस्तारै खेल गतिविधिले गति लिन्छ,’ उनले भने ।

नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा स्वीमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु तयार भइसकेको उनले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनको भनाइ छ ।