काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य

10.94K
shares

तीन दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बिहीबार पनि १ हजार ६ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा मंगलबार र बुधबार दुवै दिन ५/५ सय रुपैयाँ रुपैयाँले सुनको मूल्य वृद्धि भएको थियो । महासंघका अनुसार बिहीबार तेजावी सुन ९२ हजार १५० रुपैयाँमा कारोबार भइरहको छ । त्यस्तै बिहीबार चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।