काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामसुङको ग्यालक्सी एम फिप्टी टु नेपाली बजारमा

16.59K
shares

सामसुङले  ग्यालक्सी एम फिप्टी टु फाइभजी (Galaxy M52 5G) स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिजअन्तर्गतको नयाँ फोन हो ।

ग्यालक्सी एम फिप्टी टु फाइभजी फोन सामसुङको #LeanestMeanestMonsterEver अन्तर्गत ७.४ एमएमको पातलो डिजाइनमा प्रस्तुत गरिएको कम्पनीले उल्लेख गरेको छ । यस फोनमा Snapdragon 778G processor, Super AMOLED+ 120Hz डिस्प्ले, 5000mAH ब्याट्री तथा 5G सपोर्ट गर्ने जस्तो सुविधा पनि रहेको छ ।

आकर्षक डिजाइन

Galaxy M52 5G सामसुङको एम सिरिजअन्तर्गतको पातलो स्मार्टफोन हो । यो ७.४ एमएम को रहेको छ । यस अघिका फोनहरु भन्दा यो फोन २१५ पातलो रहेको छ । यो फोन दुई आकर्षक रंगहरु आइसी ब्लु तथा ब्लेजिङ ब्ल्याकमा उपलब्ध रहेको छ ।

शक्तिशाली प्रोसेसर

नयाँ Galaxy M52 5G मा पावर प्याक्ड शक्तिशाली Snapdragon778G processor को साथ nm चिपसेट रहेको छ । जसले मोबाइलको कार्यक्षमतालाई मात्र बढाउने हैन कम ब्याट्रीसमेत खपत गर्न मद्दत गर्दछ ।

अभूतपूर्व डिस्प्ले

Galaxy M52 5G मा १२० हर्जको रिफ्रेस रेटको साथ 6.7” FHD+ sAMOLED+ Infinity-O Display रहेको छ । यसको डिस्प्लेले गेम तथा मुभीहरु हेर्दा अभूतपूर्व दृश्यावलोकनको अनुभव प्रदान गर्दछ । यसमा प्रयोग भएको Gorilla Glass 5 ले डिस्प्लेलाई थप सुरक्षा प्रदान गर्दछ । त्यसै गरी यसमा भएको म्यदिथ Dolby Atmos ले उत्कृष्ट साउन्ड क्वालिटी प्रदान गर्दछ ।

उच्चस्तरीय क्यामरा

६४ मेगा पिक्सलको best-in-class क्यामरायुक्त यस फोनले जीवन्त फोटोहरु खिच्न सक्दछ । त्यसै गरी यसमा भएको १२ मेगा पिक्सलको ultra-wide lens, ५ मेगा पिक्सलको Macro lens ले फोटोग्राफीलाई एक तहमाथि सम्म पु..याउँछ । त्यसै गरी यस फोनमा भएको ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले लोभलाग्दो सेल्फी फोटोहरु खिच्दछ ।

शक्तिशाली ब्याट्री

यो फोन वास्तवमै एउटा पावर हाउस जस्तै हो । यसमा प्रयोग भएको ५००० mAh ब्याट्रीको साथ २५ वाट फास्ट चार्जिङ सुविधाले दिन रात मोबाइल चलाउन सकिन्छ ।

मूल्य तथा उपलब्धता

Galaxy M52 5G भेरियन्टको मूल्य ४८ हजार ९९९  रूपैयाँ तथा 6GB+128GB भेरियन्टको मूल्य ५० हजार ९९९ रूपैयाँ तोकिएको छ । Galaxy M52 5G स्मार्ट फोन नेपाल अधिराज्यभर रहेका सामसुङका आधिकारिक ब्राण्ड सप, रिटेलरहरुमा सहजै खरिद गर्न सकिने कम्पनीले जानकारी गराइएको छ ।