काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाओमी ११ लाइट एनई ५ जीले ५ जी स्मार्टफोन सार्वजनिक गर्दै

15.23K
shares

शाओमी नेपालले शाओमी ११ लाइट एनई ५ जी सार्वजनकिसँगै आफ्नो शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ । प्रयोगकर्ताको अनुभवहरुलाई एक स्तरमाथि लैजाँदै शाओमी ११ लाइट एनई ५ जी एक स्मार्टफोनमा नयाँपन र सौन्दर्य खोज्ने प्रयोगकर्ताहरुको लागि डिजाइन गरिएको हो।

शाओमी११ लाइट एनई ५ जी ले १२ ५जी ब्यान्ड सपोर्टका साथ एक ग्लोबल ५जी को अनुभव प्रदान गर्दछ । यो क्वालकम स्न्यापड्राग ७७८ जी र अत्यन्त उत्कृष्ट प्रदर्शनको लागि सुधारिएको सफ्टवेयरको साथ आउने कम्पनीले जनाइएको छ । एक सहज दैनिक अनुभव सक्षम गर्न को लागि यसलाई एनएफसी बिल्ट-इनका साथ लोड गरिएको छ र डोल्बी भिजनको साथ यो स्मार्टफोन आफ्नो क्षेत्रको पहिलो १०-बिट स्मार्टफोन पनि हो।

शाओेमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'विगत केही वर्षदेखि विभिन्न श्रेणीमा उत्कृष्ट उत्पादन प्रस्तुत गर्ने हाम्रो निरन्तर प्रयासको साथ हामी प्रीमियम सेगमेन्टमा सफलता प्राप्त गर्न सफल भएका छौँ ।' उनले थपे, 'विश्वभरीमा हाम्रो ब्रान्डको उपस्थितिलाई एकताबद्ध गर्नको लागी ग्लोबल फुट प्रिन्टहरुको अनुसरण गर्दै शाओमी ११ लाइट एनई ५जी नयाँ नामकरणसँग आउने पहिलो फोन बनेको छ । प्रीमियम स्मार्टफोन शाओमी ११ लाइट एनई ५ जी को शाओमी पोर्टफोलियोको अल न्यू १२ ब्याण्ड सपोर्टका साथ तपाइँको ५ जी अनुभवलाई अझै उन्नत गर्नको लागि सेट गरिएको छ। यो डल्बी भिजनको साथ एक यस सेग्मेन्टको पहिलो १०-बिट डिस्प्लेसँग प्रस्तुत गरिएको छ ।'

शाओमी ११ लाइट एनई ५ जी मिनिमलिस्ट डिजाइनका साथ आएको भव्य स्मार्टफोन

शाओमी ११ लाइट एनई ५ जी पातलो रहेको छ र यसको तौल मात्र १५८ ग्रामको रहेको छ । जसले यसलाई सन् २०२१ को सबै भन्दा पातलो र हलुका स्मार्टफोनको रुपमा स्थापित गरेको छ । ताजा लुक्स प्रदान गर्दै शाओमी ११ लाइट एनई ५ जी एक स्मुथ एन्टी-ग्लेयर म्याट-फिनिश फ्रोस्टेड गिलासको साथ आउँछ जसले फिंगरप्रिन्टको दागलाई कम गर्न मद्दत गर्दछ । एक आरामदायक इन-ह्याण्ड पकड को प्रस्तुत गर्दै डिजाइनलाई रेजरको जस्तो पातलो १.८८ मिलिमिटरको बेजलद्वारा दुवैमाथि र छेउमा अधिकतम स्क्रीन आकारको लागि जोडिएको छ । एक स्मुथ अनलक अनुभवलाई प्रस्तुत गर्दै यो उपकरणले एक कभ्र्ड आर्क डिजाइन साइड फिंगरप्रिन्ट सेन्सर समेटेको छ जसलाई निर्वाध रूपमा फर्म फ्याक्टरमा एकीकृत गरिएको छ ।

डल्बी भिजनका साथ इन्ह्यान्स्ड १० बिटको एमोलेड अनुभव

शाओमी ११ लाइट एनई ५ जीले नवीनतम र सबैभन्दा राम्रो ६.५५ इन्चको एफएचडी एमोलेड डटडिस्प्ले एक इमर्सिभ भ्युइंग अनुभवको लागि प्रदान गर्दछ । मी ११ अल्ट्राबाट प्रेरित रहेको शाओमी ११ लाइट एनई ५ जीएक सेग्मेन्ट-पहिलो १०-बिट स्मार्टफोन हो । जसले डल्बी भिजन डिस्प्लेसँग र एच आरडी १०+ सपोर्ट प्रदान गर्दछ । १०-बिट डिस्प्लेले १ बिलियन भन्दा बढी रंगहरु र ८-बिट डिस्प्ले भन्दा ६४ गुणा बढीको डिस्प्लेको गुणस्तरता उत्पादन गर्न सक्छ । नयाँ स्मार्टफोनमा रहेको डल्बी भिजन नेटफ्लिक्सबाट पनि प्रमाणित छ जसले प्रयोग कर्ताहरुलाई आफ्नो सबै भन्दा मन पर्ने डल्बी भिजन समर्थित नेटफ्लिक्स टाइटलको मजा लिनको लागि मद्दत गर्दछ । यो एक १ अरब कलर डिस्प्लेमा एचडीआर १०+ संग क्लब गरिएको छ जसले यो उपकरणको आफ्नो नयाँ संस्करणसँग ल्याएर नयापना सिर्जना गर्न मद्दत पुर्‍याएको छ ।

यासमा १०० प्रतिशत डीसीआइ-पी३ को कलर ग्यामटको सुविधाहरु पनि रहेको छ जसले ज्वलन्त इमेजरी, उच्च रंगको सटिकता र रंग प्रतिधारणलाई सुनिश्चित गर्दछ । यसको ९० हर्ज रिफ्रेस दर र २४० हर्ट्ज टच स्याम्पलिङ दरको संयोजनले कुनै पनि ढिलाइ वा स्टटर बिना एक छिटो उपकरणका उपयोग अनुभवलाई दर्ता गर्दछ । यसको टिकाउ र निर्माणलाई बढाउनको लागि यो अगाडि कोनिंर्ग गोरिल्ला ग्लास ५ को साथ बलियो सुरक्षाका साथ प्याक गरेर आउँदछ र आँखाको हेरचाह गर्ने सुविधाहरुका साथ जस्तै ३६० एम्बियन्ट लाइट सेन्सर, सनलाइट मोड ३.०, र रिडिंग मोड ३.० का साथ आउँदछ जसले आँखाको तनाव बाट बच्नको लागि मद्द्त गर्दँछ।

१२ एक्स ग्लोबल ५जी ब्याण्डका साथ क्वालकम स्न्यापड्राग ७७८ जी

अत्याधुनिक प्रदर्शन प्रदान गर्नको लागि शाओमी ११ लाइट एनई ५ जी नवीनतम क्वालकम स्न्यापड्रागन ७७८ जी सुविधाहरुका साथ उपलब्ध रहेको छ । यसले सीपीयू प्रदर्शन मा ४० वृद्धि र ग्राफिक्स प्रतिपादनसँग लगभग ४० प्रतिशत सुधार को प्रस्तुति दिएर यसको अघिल्लो जेनरेशन प्रोसेसर (७६८जी) भन्दा राम्रो प्रदर्शन सुधार ल्याएको छ । न्याँ चिपसेट एक ६ न्यानो मिटरको निर्माण प्रक्रियामा आधारित रहेको छ जसले चिपसेट कम पावर हन्ग्री बनाएर लामो ब्याट्री जीवन र राम्रो थर्मल प्रदर्शनको सुनिश्चित गर्दछ । गेमिंग टेक्नोलोजीका साथ सत्रहरुको दौरान मोबाइललाई तात्नबाट बचाउनको लागि प्याक गर्नको लागि तयार गरिएको यो अल्ट्रा लाइट स्मार्टफोन लिक्विड कुल टेक्नोलोजीको प्रयोग गरिएको छ ।

५ जी अर्को ठूलो टेक्नोलोजिकल इभोलुसन हुँदै जाँदा शाओमी ११ लाइट एनई ५ जी ले १२ ब्यान्डको सपोर्टका साथ एक टु्रली ग्लोबल ५ जीको अनुभव प्रदान गर्दछ। भुक्तानी गर्नको लागि र खेल्न को लागि एक नयाँ तरीकाको परिचय दिनको लागि शाओमी ११ लाइट एनएफसी बिल्ट–इनका साथ आउँछ जसले प्रयोगकर्ताहरुलाई सम्पर्करहित भुक्तानी गर्नको लागि र एक स्पर्शसँग नजिकैका उपकरणहरुलाई कनेक्ट गर्न को लागि सहयोग गर्दछ ।

५० डिरेक्टर मोडका साथ ६४ मेगापिक्सेलको क्यामेरा एरे

प्रयोग कर्ताहरुलाई आफ्नो रचनात्मकताको खुबी देखाउनको लागि शाओमी ११ लाइट एनई ५ जी मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरासंग एक ट्रिपल क्यामेरा सेटअप सुविधाहरु, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र ५ मेगापिक्सेलको टेली-म्याक्रो क्यामेरा रहेको छ । स्न्यापड्रागन ७७८ जी को प्रशोधन शक्तिको उपयोग गरेर, प्रयोगकर्ताहरुले अब लाइटनिंग स्थितिको बावजुद मनमोहक फोटोहरु कैद गर्न सक्छन् । शाओमी ११ लाइट एनई ५ जी मा एक नयाँ २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि रहेको छ जसले सेल्फी खिच्न र उच्च रिजोलुसनको भिडियो कल गर्नलाई मद्दत गर्दछ।

३ वर्षको एण्ड्रोइड अप्डेटको साथ लेटेस्ट मीयुआई १२.५

शाओमी ११ लाइट एनई ५ जीको बाहिरको बट्टामा लेटेस्ट मियुआई १२.५ रहेको छ जुन सफा, सब भन्दा छिटो, र सबैभन्दा अनुकूल युआई हो । यसको उद्येश्य भनेको प्रयोग कर्ताहरुलाई एक सहज सफ्टवेयरको अनुभव प्रदान गर्नु हो । एक अधिक व्यक्तिगत अनुभलाई सक्षमगर्दै , मीयुआई १२.५ ले प्रयोगकर्ताहरुलाई कोर सिस्टम एप्लिकेशनहरु हटाउन÷अनइन्स्टल गर्न मद्दत गर्दछ । शाओमी ११ लाइट एनई ५ जीमा ३ बर्ष एन्ड्रोइड अपडेट र ४ बर्षको सुरक्षा अपडेटको सुविधा पनि सुनिश्चित रहेको छ ।

शाओमीले गुगलको साथमा शाओमी ११ लाइट एनई ५ जीको लागि एक सुरक्षित र सजिलो सञ्चारको अनुभव ल्याउन र गुगलद्वारा फोन र मेसेजका एप्लिकेशनहरुको माध्यमबाट उपयोगी सुविधाहरुलाई सक्षम बनाउनको लागी साझेदारी गरेको छ। प्रयोगकर्ताहरु लाई सुरक्षित रहन र सम्भावित स्प्याम र स्क्यामरहरुबाट बच्नको लागि फोन र मेसेजका एप्लिकेशनहरुले क्रमशः स्प्यामकल र एसएमएस सुरक्षाको प्रदान गर्दछ। फोन एपमा कलर आईडीको मदतले प्रयोगकर्ताहरुले फोन उठाउन अघि नै बिजिनेश कल आएको वा नआएको पत्ता लगाउन सक्दछन् । एक अधिक उपयोगी संचार अनुभवको लागि लक्षित गरिएको गुगलको मेसेज एप्लिकेशनले व्यक्तिगत, लेनदेन, ओटीपीर प्रस्तावसहित विभिन्न कोटीहरुमा एसएमएसलाई क्रमबद्ध गर्दछ। यसले प्रयोगकर्ताहरुलाई समय बचाउन मद्दत गर्नको लागि धेरै सुविधा प्रदान गर्दछ जस्तै सान्दर्भिक टेक्स्ट प्रतिक्रियाहरुको सुझाव, इमोजीहरु, र स्टिकरहरु जसले गर्दा प्रयोगकर्ताले छिटो प्रतिक्रिया दिन सक्छन्, र फोन एप बाट सिधै नजिकका व्यवसायलाई खोजी कल गर्न सक्छन्।

पुरै दिन टिक्ने शक्तिशाली ब्याट्री

सबै भन्दा पातलो र हलुका स्मार्टफोन भएता पनि शाओमी ११ लाइट एनई ५ जीमा ठूलो ४२५० एमएएचको ब्याट्री रहेको छ जुन सजिलै एक दिनभरीको लागि टिक्न सक्छ। यो ३३ वाटको फास्ट चार्जिंग सपोर्टको साथ पनि आउँछ र यसलाई सजिलै ०-५० प्रतिशत मात्र २० मिनेटमै चार्ज गर्न सकिन्छ । दिनहुँको विभिन्न कार्यहरु सञ्चालन गर्ने यो शक्तिशाली ब्याट्रीले सजिलै सहज बनाउँछ ।

उपलब्धताः

८ जीबीं २५६ जीबीः ४८ हजार ९९९ रूपैयाँ मात्र

८ जीबीं१२८ जीबीः नेपाली ४५ हजार ९९९ रूपैयाँ मात्र

शाओमी ११ लाइट एनई ५ जी असोज १८ बाट डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्लयाक रंगहरुमा नेपाल भरिका सबै आधिकारिक स्टोरहरुमा उपलब्ध हुनेछ।