काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिशहोम फाइबरनेट सेवा थप चार स्थानमा विस्तार

12.29K
shares

डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिएका छन् । नेपालका प्रमुख सहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगरलगायत अन्य स्थानमा पुगिसकेको छ । कम्पनीका अनुसार डिसहोम फाइबरनेट छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दै छ ।

अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ । यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना सञ्चालन गरेको छ । २०७८ असोज ११ गते देखि लागु हुने यो योजनाअन्तर्गत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।